सन्राइज बैंकबाट आकर्षक ब्याजदरमा घर तथा शेयर धितोकर्जा
काठमाडौं, ११ साउन । सन्राइज बैंकले आफ्ना ग्राहकलाई आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्ने योजना सहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र शेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सन्राइज घर कर्जा (Sunrise Home Loan) अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन् । यसैगरी बैंकले शेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ ।
कोभिड–१९ ले अर्थ व्यवस्थामा परिरहेको असहज परिस्थितिका बावजुत पनि कर्जा सुबिधालाई सहजीकरण गर्ने उद्देश्यले बैंकले यो योजना ल्याएको बताइएको छ । कर्जा लिन चाहने ग्राहकहरुले विना झन्झट छिटो छरितो कर्जा प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ । ग्राहकले देशका १३४ स्थानमा रहेका सन्राइज बैंकका शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने उल्लेख छ । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन बैंकले सम्बन्धित सबै पक्षहरुलाई आग्रह गरेको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु भविष्यमा पनि ल्याउँदै जाने बताएको छ ।