Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सञ्चालनको तयारीमा सौराहाका होटल, आन्तरिक पर्यटक भित्र्याउन जोड

सञ्चालनको तयारीमा सौराहाका होटल, आन्तरिक पर्यटक भित्र्याउन जोड

चितवन, ११ साउन । लकडाउन खुलेसँगै सौराहका होटलहरू सञ्चालनको तयारीमा छन् । साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालनको तयारी भइरहेकोमा सौराहाका व्यवसायी पनि त्यसको तयारीमा जुटेका हुन् । उनीहरुले शुरुमा आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रवद्र्धनका कार्यक्रम शुरु गरेका छन्, जस अनुसार युवा व्यवसायीको टोली शनिवार साइकल यात्रामार्फत स्थानीय स्तरमा प्रचार प्रसार गरेको छ ।
सौराहामा क्षेत्रीय होटल संघको पहलमा होटल खुलाउने तयारी अघि बढाइएको हो । ससंका अध्यक्ष दीपक भट्टराईले कोभिड–१९ का कारण शिथिल बनेको पर्यटक क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेकोमा जोड दिएको राससमा उल्लेख छ । होटल सञ्चालनका लागि सरसफाइ गर्न थालिएको भन्दै उनले आवश्यक सावधानीका उपाय अपनाइने बताएका छन् ।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण र स्वास्थ्य चेतनासमेत जगाउने उद्देश्यले साइकलयात्रा गरिएको र यसले पर्यटन प्रवद्र्धनमा समेट सघाउ पुग्ने अपेक्षा गरे । यस्तै क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले पछिल्लो समय साइकल चलाउनेको संख्या बढ्दै गएको भन्दै साइकलमार्फत नै आन्तरिक पर्यटन प्रवद्र्धनमा लागिपरेको बताए । सौराहामा ११० होटल सञ्चालनमा छन् । चार महिनादेखि सबै ठप्प छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x