सांग्रिला डेभलपमेन्ट बैंक ९.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना
काठमाडौं, १३ साउन । सांग्रिला डेभलपमेन्ट बैंकले ९.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको छ । यो कर्जा योजना अन्र्तगत ग्राहकले आफनो आवश्यकता अनुुुसार नया आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्र्जा लिन सक्नेछन् ।
यो कर्जा सुविधामा ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख सम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।
हाल बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत वित्तीय सेवा दिदै आएको छ।