Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम लक्ष्यभन्दा कम, हालसम्म ६२ प्रतिशत मात्र सम्पन्न

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम लक्ष्यभन्दा कम, हालसम्म ६२ प्रतिशत मात्र सम्पन्न

पोखरा, १३ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लक्ष्य अनुसार सम्पन्न हुन सकेको छैन । २०७४ असारदेखि शुरू भएको विमानस्थल निर्माण हालसम्म ७२ देखि ७५ प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेकोमा ६२ प्रतिशत मात्र सकिएको आयोजनाले बताएको छ । विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सन् २०१४ मा ठेक्का सम्झौता भएको थियो ।
रु. २२ अर्ब लागतको उक्त विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ । आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ । भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले दुई सिफ्टमा काम गर्ने योजना बनाइएको राससमा उल्लेख छ । उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ ।
आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ । त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रिट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x