Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, मंगलवारको मूल्य रू. ९८ हजार २००

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, मंगलवारको मूल्य रू. ९८ हजार २००

काठमाडौं, १३ साउन । नेपालको बजारमा सुनको मूल्यले दिनदिनै नयाँ नयाँ रकेर्ड राख्ने क्रम जारी छ । गत हप्ताको सोमवारदेखि ठूलो अन्तरले बढ्न थालेको सुनको मूल्य आज (मंगलवार) अघिल्लो दिनको तुलनामा ७०० बढेर छापावाल सुनको मूल्य तोलाकै ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
यस दिन तेजावी सुनको मूल्य पनि अघिल्लो दिनको तुलनामा ७ सय नै बढेर प्रतितोला ९७ हजार ७६० पुगेको छ । मंगलवार चाँदीको मूल्य पनि सोमवारको तुलनामा ३५ रुपैयाँ बढेर १२ सय ४५ पुगेको छ ।
आगामी दिनमा मूल्य अझै माथि जाने अनुमान गरिएको छ । यही महिना अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २ हजार डलर पुग्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले बताए ।
त्यती मात्र नभई केही समयपछि अन्तर्राष्ट्रिय बजारमा २२ सय डलर पुग्ने प्रक्षेपण गरिएको छ । सो समय नेपाली बजारमा सुन तोलाको १ लाख २५ हजार रुपैयाँ हाराहारीमा पुग्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *