Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

७.५९ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब २५ करोडभन्दा बढीको कारोबार

७.५९ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब २५ करोडभन्दा बढीको कारोबार

काठमाडौं, १३ साउन । मंगलवार शेयर बजार परिसूचक ७.५९ अंकले घटेको छ । अघिल्लो दिन सोमवारको तुलनामा नेप्से ०.५२ प्रतिशतले घटेर १४५४.८९ मा आइपुगेको छ ।
मंगलवार कारोबारमा आएका १२ समूहमध्ये वित्त र म्युचुअल फण्डबाहेक सबै समूहको परिसूचक घटेका छन् । यस दिन १८५ कम्पनीको २१ हजार ८०५ पटकको व्यापारमा ३२ लाख ४७ हजार ६८ कित्ता शेयर किनबेच भएका छन्, जसबाट रू. १ अर्ब २५ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।
मंगलवारको कारोबारमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्टको शेयर मूल्य सबैभन्दा बढी ९.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.०३ प्रतिशतले घटेको छ । यस दिन सबैभन्दा बढी शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको शेयर १० करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर सबैभन्दा बढी पटक कारोबार भएको छ भने सबैभन्दा धेरै कित्ता शेयर नेपाल क्रेडिट एण्ड कमर्शियल बैंक लिमिटेडको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x