Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भारतपछि सबैभन्दा बढी नेपाली वस्तु किन्ने अमेरिका

भारतपछि सबैभन्दा बढी नेपाली वस्तु किन्ने अमेरिका

काठमाडौं, १४ साउन । नेपाली उत्पादनको निर्यात सबैभन्दा बढी भारत र त्यसपछि अमेरिकामा हुने गरेको छ । भन्सार विभागको २०७६–७७ को तथ्यांक अनुसार, भारतले ७० अर्ब रुपैँयाको नेपाली सामान आयात गरेको छ । भारतपछि नेपाली वस्तुको सबैभन्दा ठूलो बजार अमेरिका हो । अमेरिकाले ९ अर्ब ४४ करोड रुपैयाँको सामान किनेको छ । आयातका हिसाबले पनि भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । गत आर्थिक वर्षमा नेपालले भारतसँग ७ खर्ब ३५ अर्ब रुपैँयाको सामान आयात गरेको थियो । अमेरिकासँग नेपालले २३ अर्ब रुपैँयाको सामान किनेको छ ।
सबैभन्दा चाखलाग्दो विषय के छ भने नेपाल चीनको ठूलो बजारको रुपमा विकास हुँदै गएको देखिन्छ । चीनबाट आयात १ खर्ब ८१ अर्ब रुपैयाँ नाघिसकेको छ । नेपालले भारतपछि चीनबाट सबैभन्दा धेरै वस्तु आयात गर्छ । तर चीनले नेपाली वस्तु अन्त्यन्त न्यून आयात गर्छ । चीनले गत आर्थिक वर्षमा नेपाललाई १ खर्ब ८१ अर्ब रुपैँया बेचेर र १ अर्ब १९ करोड रुपैँयाको मात्र नेपाली वस्तु आयात गरेको छ । आयातको तुलनामा नेपालबाट चीनले ०.६५ प्रतिशत आयात गर्छ ।
नेपाली सामान बढी किन्ने अन्य प्रमुख व्यापार साझेदारहरुमा जर्मनी, टर्की र संयुक्त अधिराज्य बेलायत रहेका छन् । गत आर्थिक वर्षमा जर्मनीले नेपालबाट २ अर्ब ७३ करोड, टर्कीले २ अर्ब १२ करोड र बेलायतले २ अर्ब ४ करोडको सामान किनेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x