Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एआईआईबीको बोर्ड अफ गभर्नर्स बैठक सम्पन्न, सहुलियतपूर्ण सहायता बढाउन अर्थमन्त्री खतिवडाको आग्रह

एआईआईबीको बोर्ड अफ गभर्नर्स बैठक सम्पन्न, सहुलियतपूर्ण सहायता बढाउन अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौं, १४ साउन । एशियाली पूर्वाधार लगानी बैंक –एआईआईबी)को बोर्ड अफ गभर्नर्सको मंगलवार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा नेपालको तर्फबाट सहभागी हुँदै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालजस्ता देशका लागि एआईआईबीको सहुलियतपूर्ण सहायताको खाँचो औंल्याउँदै आर्थिकरूपमा उपयुक्त देखिएका आयोजनामा लगानी गर्न आग्रह गरेका छन् ।
दीर्घकालीन आयोजनाको विकास एवं दिगो विकास लक्ष्य हासिल गर्न एआईआईबी जस्ता निकायको सहयोग महत्वपूर्ण हुने भन्दै उनले पूर्वाधार तथा लगानी न्यून भएका क्षेत्रमा प्राथमिकता दिन आग्रह गरेका हुन् । न्यून मध्यम आय भएका नेपाल जस्ता मुलुकलाई विभिन्न लक्ष्य हासिल गर्न सहयोग बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् । एआइआइबीको वार्षिक बैठकको उद्घाटन चिनियाँ राष्ट्रपति सि चिनफिङले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x