कोरोनाबाट विश्वभर ६ लाख ५६ हजारको मृत्यु
पेरिस, १३ साउन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोना भाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियमहरु घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ । कतिपय मुलुकले समुद्री तटहरु ९बीच० बन्द गर्नुका साथै क्वारेन्टिनका नयाँ उपायहरु घोषणा गर्न थालेका छन् । युरोपेली मुलुकहरुले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदमहरु चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपनाइएको छ । एजेन्सी