लक्ष्मी उन्नती कोषको ८ करोड इकाई म्यूचुअल फन्डमा आवेदन दिने समय थप
काठमाडौं, १५ साउन । लक्ष्मी उन्नती कोषको ८ करोड इकाई म्यूचुअल फन्डमा आवेदन दिने समय थप भएको छ। पहिलो चरणमा सबै नबिकेपछि साउन २५ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था मिलाईएको हो ।
फन्डको साउन ११ गतेबाट ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई म्युचुअल फन्ड बिक्री खुला गरेको हो । जसमा १५ प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो ।
यसमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ । फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।