Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

करीब १० प्रतिशतले बढ्यो खाद्यान्न आयात

करीब १० प्रतिशतले बढ्यो खाद्यान्न आयात

काठमाडौं, १६ साउन । गत आर्थिक वर्ष २०७६÷७७ मा मुलुकमा खाद्यान्नको आयात अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा करीब १० प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा चामल, गहुँ, मकै, कोदो र जौ समेत गरेर ५६ अर्ब ८८ करोड रुपैयाँको आयात भएको छ ।
अघिल्लो आवमा ५१ अर्ब ८० करोड रुपैयाँ बरारबको आयात भएको थियो । गत आवमा अघिल्लो आवको तुलनामा रू. ५ अर्ब अर्थात् ९ दशमलव ८० प्रतिशत बढीको खाद्यान्न आयात भएको हो ।
उक्त अवधिमा चामल मात्र ३३ अर्ब रुपैयाँको भित्रिएको भन्सार विभागको तथ्यांक छ । यस्तै धानको बीउ, धान, चामल, कनिकालगायत वस्तुको आयात ३३ अर्ब ५९ करोड रुपैयाँ बराबरको भएको देखिन्छ । गत आवको साउनदेखि असार मसान्तसम्ममा ७ अर्ब ९० करोड रुपैयाँको गहुँ तथा १२ अर्ब ९४ करोड ४७ लाख रुपैयाँको, मकै आयात भएको विभागले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x