Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ लाख ७७ हजार नाघ्यो

जेनेभा, १६ साउन । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ७७ हजार १८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले शुक्रबार जानकारी दिएको छ । सो सङ्गठनका अनुसार शुक्रबारसम्म विश्वभरमा एक करोड ७४ लाख ८९ हजार ६२३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड ९ लाख ५१ हजार ९८० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५८ लाख ६० हजार ६२५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार ३४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४६ लाख ३४ हजार ९८५ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५५ हजार २८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । एजेन्सी

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x