Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

हङ्गकङ्गमा रहेका नेपालीहरुले अब सनराइज बैंकबाट नेपाल पैसा पठाउन सक्ने

हङ्गकङ्गमा रहेका नेपालीहरुले अब सनराइज बैंकबाट नेपाल पैसा पठाउन सक्ने

काठमाडौं, १६ साउन । सनराइज बैंक र हङ्गकङ्गको एटि सर्भिसबीच अनलाइन रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता भएको छ। उक्त सम्झौता अनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन अझ सरल र सुलभ हुने बताइएको छ।

एटि सर्भिस मार्फत पैसा पठाउदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था गरेको बैंकले जनाएको छ । हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकको देशभर रहेका १ सय ३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै भक्तानी लिन सकिनेछ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x