Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

काठमाडौंसहित मुख्य शहरमा कोरोनाको जोखिम बढ्यो : कतै निधेषाज्ञा, कतै पुनः लकडाउन घोषणा

काठमाडौंसहित मुख्य शहरमा कोरोनाको जोखिम बढ्यो : कतै निधेषाज्ञा, कतै पुनः लकडाउन घोषणा

काठमाडौं, १७ साउन । बन्दाबन्दी खुलेपछि काठमाडौं उपत्यकासहित तराईका मुख्य शहरमा कोरोनाको जोखिम ह्वात्तै बढेको छ । शुक्रवार मात्र उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार थपिएका सहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेको छ ।
संक्रमण समुदायस्तरमै पुगेपछि विराटनगर महानगरपालिकाले शुक्रबार रातिदेखि नै लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिएकोले त्यसलाई रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय गरेको हो । महानगरमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेपछि लकडाउनको घोषणा गरिएको हो ।
वीरगञ्जमा पनि पछिल्लो समय कोरोनाको जोखिम बढेको छ । शुक्रवार मात्रै प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ जना महिला छन् । साथै दुई दिनअघि वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीलाई समेत कोरोना संक्रमण भएको थियो ।
कोरोना भाइरसको इपिसेन्टर बनेको पर्साको वीरगञ्जमा आगामी एक महिनामा एक हजारभन्दा बढी कोरोना संक्रमित भेटिने प्रक्षेपण गरिएको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयराज सिंहले एक महिनाको अवधिमा एक हजारभन्दा बढीमा संक्रमण हुने र करिब पाँच सय जनामा लक्षणसहितको संक्रमण देखिने प्रक्षेपण गरिएको बताए ।
यस्तै कोरोना भाइरसको संक्रमित बढेसँगै बारामा आइतबारदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले कोरोनाको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x