Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सोनम गियर्सद्वारा गंगालाल अस्पताललाई पिपिइ से प्रदान

सोनम गियर्सद्वारा गंगालाल अस्पताललाई पिपिइ से प्रदान

काठमाडौं, १८ साउन । नेपालको रिटेल तथा म्यानुफ्याक्चरिब ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल) लाई एक सय थान व्यक्तिगत सुरक्षा कवच (पिपिइ सेट) सहयोग गरेको छ ।

कम्पनीका संस्थापक तथा सिइओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पिपिई सेट हस्तान्तण गरेका हुन् । कम्पनीले आफ्नै कारखानामा उत्पादित पिपिई सेट अस्पताललाई
दिएको हो । नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य भएको सिइओ टासीले बताए ।

यसअघि कम्पनीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि एक सय थान पिपिई सेट सहयोग गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x