Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सुनको मूल्य १ लाख नजिक, व्यवसायी भन्छन् : कोरोना भाइरस नियन्त्रण भए ८५ हजारमा झर्न सक्छ

सुनको मूल्य १ लाख नजिक, व्यवसायी भन्छन् : कोरोना भाइरस नियन्त्रण भए ८५ हजारमा झर्न सक्छ

काठमाडौं, २० साउन । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५६५ तोकेको छ ।

दिन प्रतिदिन सुनको मूल्य वृद्धि हुनुमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिइएको छ । कोरोना भाइरसले गर्दा सुन उत्पादनमा कमी आएको र लगानीकर्ता लगानी सुरक्षित गर्न सुनमा लगानी गर्न आकर्षित भएकाले विश्व बजारमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । ‘कामदारको अभावमा सुनको उत्पादनमा कमी आएको छ ।’ उनले भने, ‘सीमित उत्पादनमा असीमित लगानीकर्ता आकर्षित भएकाले सुनको मूल्य आकाशिएको हो ।’

त्यस्तै कोरोना भाइरसको नियन्त्रण भएसँगै सुनको मूल्यमा क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ । विश्व बजारमा सुनको मूल्य घटेसँगै नेपालमा पनि ८५ हजाार सम्मको हाराहारीमा झर्ने शाक्य बताउँछन् । त्योभन्दा तल भने नझर्ने उनको भनाई छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँमा खरिद विक्री भएको चाँदी आज पनि उही मूल्यमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x