Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जद्वारा लक्ष्यभन्दा ३२% कम राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय नेपालगञ्जद्वारा लक्ष्यभन्दा ३२% कम राजस्व संकलन

नेपालगञ्ज, २० साउन । गत आर्थिक वर्ष २०७६÷७७ मा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले लक्ष्यभन्दा ३२ प्रतिशत कम राजस्व संकलन गरेको छ । गत आवमा कार्यालयले रू. ५ अर्ब ९ करोड ५८ लाख ७७ हजार कर सङ्कलन गर्ने लक्ष्य पाएकोमा रू. ३ अर्ब ४७ करोड ९१ लख ९६ हजार मात्र कर सङ्कलन गर्न सकेको हो, जुन लक्ष्यका ६८.२७ प्रतिशत हो ।
लकडाउनका कारण राजस्वको निर्धारित लक्ष्य हासिल हुन नसकेको कार्यालयले बताएको छ । विगतका वर्षहरूमा कार्यालयले लक्ष्यभन्दा बढी कर उठाउँदै आएको थियो । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा रू. ३ अर्ब ५१ करोड ३९ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकोमा ३ अर्ब ६० करोड ३५ लाख ३५ हजार सङ्कलन गरेको थियो ।
कार्यालयका अनुसार बन्दाबन्दी शुरु भएको चैत महिनामा लक्ष्य भन्दा ८० प्रतिशत कम कर सङ्कलन भएको थियो भने वैशाख महिनामा ९३ प्रतिशत कम कर सङ्कलन भएको थियो । यस्तै जेठ महिनामा ६८ प्रतिशत कर सङ्कलन घटेको थियो । तर, असारमा भने अन्य तीन महिनाको तुलनामा केही बढी सङ्कलन भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x