Date

शुक्र, बैशाख २८, २०८१
Fri, May 10, 2024

वीरगञ्ज भन्सारबाट रू. ३२ अर्बभन्दा बढीको निर्यात

वीरगञ्ज भन्सारबाट रू. ३२ अर्बभन्दा बढीको निर्यात

पर्सा, २० साउन । गत आर्थिक वर्ष २०७६÷७७ मा नेपालको प्रमुख भन्सार नाका वीरगञ्जबाट ३२ अर्ब २७ करोडभन्दा बढीको निर्यात भएको छ । अघिल्लो वर्ष २०७५÷७६ मा यस भन्सार नाकाबाट २४ अर्ब ५३ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी प्रशोधित पाम आयल निर्यात भएको छ । १ वर्ष अवधिमा रू. ११ अर्ब ७२ करोड बराबरको पाम आयल निकासी भएको भन्सार कार्यालये बताएको छ । यस भन्सारबाट पाम आयलका अलावा भटमासको तेल, जुस, जाम, सेन्थेटिक यार्न, स्पोर्ट्स सुज, दन्तमन्जन, पिना लगायत वस्तु निर्यात भएको छ ।
यस्तै गत आवमा सो नाकाबाट ४ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यद्यपि अघिल्लो आवको तुलनामा भने आयात १७ प्रतिशतले घटेको छ । अघिल्लो आवमा यो नाकबाट रू. ४ खर्ब ९५ अर्ब ८३ करोडको सामान आयात भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x