रेग्मी नबिल बैंकको डेपुटी सीईओमा बढुवा तथा ज्ञवाली नायव महाप्रबन्धकमा नियुक्त
काठमाडौं, २१ साउन । नबिल बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले सोही बैंकमा कार्यरत नायव महाप्रबन्धक विनय कुमार रेग्मीलाई बढुवा गरी डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । यसैगरी मनोज ज्ञवाली नबिल बैंकको नायब महाप्रबन्धक नियुक्त भएका छन् । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका ज्ञवाली नबिल बैंकमा प्रवेश गरेका हुन् । ज्ञवालीले बुधबारदेखि कार्यभार सम्हाल्दैछन । उनीसँग २१ वर्षे बैंकिङ अनुभव छ ।