Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

नेपाली अर्थतन्त्रमा कोभिड–१९ को असरबारेको पुस्तक सार्वजनिक

नेपाली अर्थतन्त्रमा कोभिड–१९ को असरबारेको पुस्तक सार्वजनिक

काठमाडौं, २३ साउन । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलन शुरू गरेको कोरोना भाइरस महामारी (कोभिड –१९) एशियाका अन्य मुलुकहरूका साथै युरोप, अमेरिका लगायत अन्य महाद्वीपहरूमा पनि तीव्र गतिमा देखिन थालेपछि सन् २०२० जनवरी ३० का दिन विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण महामारीका रुपमा फैलिएको घोषणा ग-यो । हाल विश्वभर आक्रान्त तुल्याई राखेको यस महामारीको खोप तथा औषधिको विकासमा उल्लेख्य प्रगति भएको भनिएपनि परिक्षण सफल भएको प्रमाणित भइ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट मान्यता पाउन बाँकी नै छ । डब्लुएचओ लगायतका संस्थाहरुले हालका लागि सामाजिक दूरी कायम गर्नु नै यस महामारी नियन्त्रणको उत्तम उपाय रहेको बताएका छन् । ठूलो मानवीय संकट निम्त्याएको कोरोना भाइरस महामारीले बहुआयामिक पक्षहरूमा प्रतिकूल प्रभाव पारेको छ । मुख्यतः यस महामारी नियन्त्रण गर्न लागू गरिएको बन्दाबन्दी (लकडाउन) र अपनाउनु पर्ने सामाजिक दूरीले मानिसहरुको दैनिकीलाई प्रभावित तुल्याई सम्पूर्ण अर्थतन्त्रलाई डामाडोल पारेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संस्थाले कोरोना महामारीका कारण विश्वमा सन् १९३० पछिको सबैभन्दा ठूलो आर्थिक मन्दी छाएको बताएका छन् भने संयुक्त राष्ट्र संघले यस महामारीलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो मानवीय संकट भनेका छन् । धेरै मुलुकहरुले लकडाउनलाई हेलचेत्र्mयाइँ गरी खोल्दा र सामाजिक दुरी कायम गर्न संवेदनशील नहुदाँ समस्या थप जटिल बन्दै गइराखेको छ । अप्रिल महिनामा विश्वभर दैनिक दश हजारका दरले बढेकोसंक्रमण हाल दैनिक एक लाखभन्दा माथिका दरले बढिरहेको छ ।

मुख्यतः नेपाल जस्ता कम विकसित मुलुकहरूमा रहेको बहुआयामिक चुनौतीहरुका बीच कोरोना महामारीले थप जटिलता थपेको छ । सीमित स्वास्थ्य संरचनाको मात्र विकास भएका नेपाल जस्तो कम विकसित मुलुकहरुको लागि यो महामारीसँग जुभ्mनु आफैंमा एउटा चुनौती हो भने सीमित श्रोतका कारण यी मुलुकहरुलाई यस महामारीसँगै आएको आर्थिक महासंकट बाट बाहिर निकाल्न पनि हम्मे–हम्मे पारेको छ ।

ग्लोबल सेन्टर फर रिसर्च एण्ड डिभेलपमेन्ट, ओडीसी पोलिसी हब, र आईबीएन मिडिया एण्ड रिसर्चले नेपालको अर्थतन्त्रमा कोभिड–१९ ले के –कस्तो प्रभाव पार्यो भन्ने सम्बन्धमा विश्लेषणात्मक अध्ययन गर्ने जमर्को गरेको छ । विभिन्न खाले संकटहरु भोग्दै आएको नेपाली अर्थतन्त्रमा महामारीले के –कस्ता बहुआयमिक प्रभाव पार्छ भन्ने सम्बन्धमा विभिन्न खालका टिका–टिप्पणीहरु हुने गरेता पनि यसको विश्लेषणात्मक अध्ययन कमै हुने गरेको यी संस्थाहरुको ठम्याई छ । हाम्रा नीति निर्माताले विगतका संकटहरुबाट पाठ सिकेर आगामी दिनका लागि नीतिगत निर्णयहरु लिने गरेको देखिदैंन । यस क्रमलाई पूर्णविराम लगाउँदै आउँदा दिनका नीतिगत निर्णय लिने पद्धतिलाई परिष्कृत गर्दै लैजानु पर्छ भन्ने मान्यता यी संस्थाहरुको छ । त्यसै अनुरुप कोरोना महामारी र नेपालको अर्थतन्त्र सम्बन्धि बजार अर्थशास्त्रीहरु प्रा. डा. पुष्कर बज्राचार्य, मोहनदास मानन्धर र रोजन बज्राचार्यद्वारा लिखित विश्लेषणात्मक लेखहरु संकलित पुस्तक सार्वजनिक गरेका छौं । पुस्तकमा संकलित धेरै जसो लेखहरु आईबीएन मिडिया एण्ड रिसर्चको अनलाइन ‘अर्थकोअर्थ डट कम’ मार्फत् प्रकाशन गरिएको थियो । पुस्तकको सम्पादन आर्थिक पत्रकार पुष्पराज आचार्यले गर्नु भएको छ भने राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्ष डा. शंकर शर्माले यस पुस्तकमा विश्लेषणात्मक मन्तव्य लेखिदिनु भएको छ ।

कोरोनाले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव प¥यो र अब देश कसरी अगाडि बढ्नुपर्छ भनी विश्लेषण गरिएको यस पुस्तकको पहिलो खण्डमा हालको आर्थिक मुद्दाहरूका बारेमा प्रश्न उठाएको छ । यस खण्डमा देशको अर्थतन्त्र कसरी उभिएको छ, कोरोनाले यसलाई कसरी प्रभाव पा¥यो र कोरोनाले ल्याएको विश्व अर्थराजनीतिक हलचललाई विश्लेषण गरीएको छ । दोस्रो खण्डमा कोरोना महामारीले नेपालमा पारेको प्रतिकूल प्रभावलाई सम्बोधन गर्न लिइएका नीतिगत कदमहरू, सोको कार्यान्वयनमा गर्नुपर्ने सुधार र अब लिनुपर्ने थप नीतिगत कदमहरूको चर्चा गरीएको छ । त्यस्तै, तेस्रो खण्डमा कोरोना महामारीले बाह्य क्षेत्रमा पारेको प्रभावले नेपाललाई कसरी असर गर्छ भन्ने विश्लेषण गरीएको छ । पुस्तकको अन्तमा नेपालले अब अपनाउनुपर्ने विकासका अवधारणाका सम्बन्धमा चर्चा गरिएको छ । यस पुस्तकले नेपालमा आर्थिक गतिविधिको चलायमानता, आर्थिक चक्र, बेरोजगारी, राहत तथा अनुदान, अधिकारवादमा हुने राजनैतिकरण, गरिबी निवारण, आर्थिक असमानता, बाह्य अर्थतन्त्र, रुग्ण व्यवसाय, आर्थिक पुनरुत्थान, आर्थिक प्याकेज, अनलाईन शिक्षा, व्यवसाय र प्रविधी मैत्री वातावरण, आपूर्ति सञ्जाल, वितरण प्रणाली, कर्मचारीतन्त्र, सुशासन लगायत यावत् विषयहरुमा प्रकाश पारेको छ । पुस्तकका अनुसार, उच्च आर्थिक वृद्धि सहितको आर्थिक गतिविधि हासिल गर्ने स्पष्ट अवधारण कार्यान्वयन गर्न नसकिरहेको नेपालले कोरोना महामारीका कारण उत्पन्न शिथिलतालाई लक्षित गरी केहि नीतिगत निर्णयहरु लिएको देखिन्छ तर राजनैतिकरण, सुशासन, अस्वस्थ प्रतिस्पर्धा लगायत यावत् आर्थिक रपान्तरणका चुनौतीहरुको पुनरावृति भई उत्पादकत्व वृद्धि, रोजगारी श्रृजना, परनिर्भता घटाउनेमा थप जटिलताहरु आउन सक्ने प्रबल सम्भावना छ । कोरोना महामारीका कारण रनभुल्लमा परेको विश्वमा आएको अर्थ–राजनितीक उथलपुथललाई मध्यनजर गर्दै नेपालको राजनैतिक नेतृत्व संवेदनशील र मर्यादित बन्नुपर्नेछ । यदि त्यसो हुन सकेन र राजनीतिक नेतृत्व पुरानै प्रवृत्तिका साथ अघि बढेको खण्डमा थप गरिबी र जटिलताको भुमरीमा मुलुक फस्दै जाने संकेत गरेको छ ।

कोरोना भाइरस संक्रमणको महामारी कहिले नियन्त्रणमा आउँछ भनी ठ्याक्कै पूर्वानुमान गर्न सक्ने अवस्था छैन र यसले अर्थतन्त्रमा थप प्रतिकूल प्रभावहरू पार्ने देखिन्छ । त्यसैले हालको लागि यो पुस्तकको प्रथम संस्करणलाई अनलाइनबाट मात्र प्रकाशन गरिएको हो । कोरोनाले पार्ने थप प्रतिकूल प्रभावहरूको पनि विश्लेषणलाई समावेश गरी यस पुस्तकको दोस्रो संस्करण केही समयपछि मुद्रण (प्रिन्ट) गरिनेछ । त्यस्तै कोरोनाले नेपालको स्वास्थ्य लगायत सामाजिक, राजनैतिक र अरू बहुआयामिक क्षेत्रमा परेको प्रभाव सम्बन्धी अध्ययन गर्न जरुरी छ, जसले आउँदा दिनका योजना निर्माण तथा नीतिगत निर्णयमा सघाउ पु¥याउनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x