Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी कमर्सियल बैंकले सुरु गर्यो थ्री–डि भिसा कार्ड

सेञ्चुरी कमर्सियल बैंकले सुरु गर्यो थ्री–डि  भिसा कार्ड

काठमाडौं, २३ साउन । सेञ्चुरी कमर्सियल बैंकले थ्री–डि सेक्युर भिसा डेबिट, क्रेडिट र ट्राभल कार्ड सेवा सुरु गरेको छ । बैंकले ग्राहकहरुको सहजताका लागि एक भारतीय आइटी कम्पनी सँगको सहकार्यमा यो सेवा सुरु गरेको हो ।

यो सेवा सुरु भएसँगै सेञ्चुरी बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न मात्र नभई र सामान खरीद गर्न सक्ने छ । त्यस्तै विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बैंकले जनाएको छ । यो कार्ड प्रयोग गर्दा ग्राहकहरुले आफ्नो मोवाइलमा वानटाइम पासवर्ड प्राप्त गर्ने छन् । कारोबारका लागि थ्री–डि र वानटाएम पासवर्ड अनिवार्य हुँदा कारोबार थप सुरक्षित हुने बैंकले जनाएको छ ।

यसबारे अन्य जानकारीका लागि बैंकको वेबसाइट भिजिट गर्न वा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x