एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई कोरोना संक्रमण, दुई दिनका लागि कार्यालय बन्द
काठकाडौं, २६ साउन । एभरेष्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार कार्यालयमा रहेका सबै कर्मचारीको पिसिआर परीक्षण गर्दा दुई जनाको रिर्पोट पोजेटिभ आएको हो ।
कर्मचारीलाई संक्रमण देखिएपछि दुई दिनलाई सो कार्यालय बन्द गरिएको बैंकका प्लानिङ एन्ड डेभलपमेन्ट शाखाका प्रमुख देव रञ्जन दंगालले जानकारी दिए । ‘कार्यालय सिल गरिएको होइन, संक्रमण देखिएपछि दुई दिनका लागि बन्द मात्र गरिएको हो,’ उनले, ‘अन्य कार्यालयबाट भने नियमित सेवा दिइरहेको छौं ।’
ति कर्मचारीहरुलाई होम आइसोलेसनमा राखिएको छ ।