स्वदेशी र एनआईसी एशिया बीच गाभ्ने/गाभिने सहमति, प्रक्रिया पुरा नभएसम्मका लागि शेयर खरिद विक्री रोक्का
काठमाडौं, ३२ साउन । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने प्रारम्भिक सहमति भएको छ ।आइतबार (आज) यी दुई वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने प्ररम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ बमोजिम यी संस्था गाभ्ने तयारी भएको स्वदेशीले बताएको छ ।
त्यस्तै उक्त प्रक्रिया पुरा नहुन्जेलसम्मका लागि यी दुई संस्थाको शेयर खरिद विक्री कारोबार रोक्का गरीएको छ ।