Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेप्से परिसूचक १३९१ विन्दुमा, कारोबार रकम १ अर्बमाथि

नेप्से परिसूचक १३९१ विन्दुमा, कारोबार रकम १ अर्बमाथि

काठमाडौं, ३२ साउन । सताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक १७.३३ अंक घटेको छ । नेप्से परिसूचक १.२३ प्रतिशत घटेर १३९१.४६ विन्दुमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १४०८.७९ विन्दुमा थियो ।

आज १८५ कम्पनीको ४३ लाख ७१ हजार ८५४ कित्ता शेयर १ अर्ब २५ करोड ९३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक रकमको शेयर खरिद विक्री नेपाल बैंक लिमिटेडको भएको छ । यो बैंकको ८ करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज नेपाल बैंकको प्रतिशेयर अन्तिम मूल्य २८५ रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पनि ७ कारोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्वाधिक बढेको छ । यो संस्थाको शेयर मूल्य ९.९२ प्रतिशत वृद्धि भएको हो । आज साधनाको प्रतिशेयर अन्तिम मूल्य ६९८ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । उद्योग समूहको परिसूचक १.३२ प्रतिशत वृद्धि भएको हो । उत्पादन तथा प्रशोधन समुहको परिसूचक २.१४ प्रतिशत सर्वाधिक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x