Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लिबर्टीको आईपीओ बिक्री खुला

लिबर्टीको आईपीओ बिक्री खुला

काठमाडौं, ३ भदौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले आजबाट साधारण सेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सर्वसाधारण र स्थानीयलाई गरी प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३७ करोड ५० लाख रुपैयाँबराबरको ३७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन अनुमति दिएको थियो ।

कम्पनीले यसअघि नै स्थानीयका लागि सेयर बिक्री गरिसकेको छ । अब कम्पनीले स्थानीयका लागि निष्कासन गरी बिक्री नभएको १३ लाख १५ हजार ९३० कित्तासमेत गरी सर्वााधरणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर निष्कासन बिक्री खुला गरेको हो ।

लगानीकर्ताले कम्पनीको आईपीओमा छिटोमा भदौ ७ गतेसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x