Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

निषेधज्ञाको प्रभाव शेयर बजारमा पनि, दैनिक १ अर्बभन्दा माथि कारोबार हुँदै आएको बजार आज ३९ करोडमा सीमित

निषेधज्ञाको प्रभाव शेयर बजारमा पनि, दैनिक १ अर्बभन्दा माथि कारोबार हुँदै आएको बजार आज ३९ करोडमा सीमित

काठमाडौं, ४ भदौ । सरकारले काठमाडौं उपत्यकामा लगाएको निषेधाज्ञाको प्रभाव शेयर बजारमा पनि देखिएको छ । लगातार १ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार हुँदै आएको शेयर बजार आज ३९ करोड ३१ लाख रुपैयाँमा सीमित भएको हो ।

हिजोको तुलनामा आजको शेयर कारोबार रकम ५८ करोड ३१ लाख रुपैयाँले कमी हो । हिजो ९७ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । त्यस्तै गत मंगलबार १ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

त्यस्तै १८२ कम्पनीको ८ हजार ३२६ पटकको कारोबारमा १२ लाख १४ हजार ५१४ कित्ता शेयर ३९ करोड ३१ लाख रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये २ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा होटल समूह ०.२९ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.०९ प्रतिशत रहेका छन् ।

आज नेप्से परिसूचकमा भने सुधार देखिएको छ । हिजो १६ अंकले घटेको परिसूचक आज ६.२८ अंक वृद्धि भई १३९७.५७ विन्दुमा पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x