Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेपालीको उद्धारका लागि पुनः चार्टर्ड उडान हुने, स्थानीय तहमा क्वारेन्टाइन विस्तार गरिने

नेपालीको उद्धारका लागि पुनः चार्टर्ड उडान हुने, स्थानीय तहमा क्वारेन्टाइन विस्तार गरिने

काठमार्डौं, ५ भदौ । सरकारले विदेशमा अफ्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि पुनः चार्टर्ड उडान गर्ने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले हवाई उडान शुरू गर्ने, स्वदेश फर्कने नेपाली नागरिकले सात दिनसम्म काठमाडौंमा होटलको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ । कोरोना रोकथामका लागि गठित कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमी)को प्रस्तावमा सरकारले विदेशबाट नेपालीहरूको पुनः उद्धार गर्ने निर्णय समेत गरेको हो ।
विदेशमा समस्यामा परेका नेपाली ल्याउन दैनिक तीनओटा चार्टर्ड उडान गरिने भएको छ । बैठकले नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारीलाई नेपाल आउन र सम्बन्धित देशमा सहज ढंगले आवतजावतको व्यवस्था गर्ने निर्णय गरेको छ । काठमाडौंमा कोराना संक्रमण बढेसँगै सरकारले विदेशबाट आउनेको उचित व्यवस्थापन आवश्यक भएको भन्दै दुई दिनअघि चार्टर्ड उडान रोक्ने निर्णय गरेको थियो । यसबाट स्वदेश आउन ठिक परेका नेपालीहरु समस्यामा परेका थिए ।
यसैगरी स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय समेत उक्त बैठकले गरेको छ । साथै निजी अस्पतालमा रहेका कोरोना संक्रमितको उपचार खर्च पनि बेहोर्ने निर्णय गरेको छ । पछिल्लो समय कोरोना संक्रमितले अस्पताल भरिभराउ हुन थालेपछि सरकारले निजी अस्पताललाई प्रोत्साहनका लागि उक्त निर्णय गरिएको हो । बैठकले उद्योग तथा कलकारखानाका कच्चा पदार्थ बोकेका ढुवानीका सवारीसाधन चल्न दिने निर्णय पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x