Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोभिड–१९ को प्रतिकार्य र विपद् पूर्वतयारीमा संयुक्त राष्ट्रसंघ र डिफिडबीच साझेदारी

कोभिड–१९ को प्रतिकार्य र विपद् पूर्वतयारीमा संयुक्त राष्ट्रसंघ र डिफिडबीच साझेदारी

काठमाडौं, ६ भदौ । संयुक्त राष्ट्रसंघ र बेलायत सरकारको अन्तर्राष्ट्रिय सहायता निकाय (डिफिड) बीच नेपालमा आपत्कालीन तयारी र कोभिड–१९को प्रतिकार्य बढाउन आपसी साझेदारीलाई सशक्तीकरण गर्ने सहमति भएको छ ।
कोभिड–१९ को महामारीका कारण विश्वभरजस्तै नेपालमा पनि ठूलो असर परेको छ । पहिल्यै प्राकृतिक विपद्को जोखिममा रहेकालाई स्वास्थ्य संकटले झन् गहिरो समस्या पारेको छ । यो सहयोगले संयुक्त राष्ट्र संघलाई कोभिड–१९ का अतिप्रभावित समुदायसम्म पुग्न र भविष्यमा समेत आउन सक्ने यस्ता संकटसँग जुझ्न सक्ने गरी सबल तुल्याइनेछ । नेपालमा ३० हजार मानिसहरु कोरोना भाइरस संक्रमित छन् । १३७ जनाको मृत्यु भैसकेको छ । अर्कोतर्फ, वर्षायाममा अक्सर आइपर्ने समस्या बाढी र पहिरोका कारण २४१ मानिसहरुको मृत्यु भएको छ भने ८८ मानिसहरु हराइरहेका छन् । नेपाल सरकारलाई कोभिड–१९र मनसुन सम्बन्धित संकटको प्रतिकार्यमा सहयोग गर्नुका साथै संयुक्त राष्ट्रसंघले समूहगत नेतृत्वदायी भूमिकामार्फत् राष्ट्रिय र स्थानीय तहमा विपद् व्यवस्थापन क्षमता विकासमा सहयोग गर्नेछ । सरोकारवालासँग आपसी सकहकार्यमा यस्तो विपद् प्रतिकार्यसम्बन्धि योजना निर्माण गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x