Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आलुको आयातमा वार्षिक ३६ प्रतिशत वृद्धि, गत आवमा रू. ८ अर्ब २९ करोड बराबरको भित्रियो

आलुको आयातमा वार्षिक ३६ प्रतिशत वृद्धि, गत आवमा रू. ८ अर्ब २९ करोड बराबरको भित्रियो

काठमाडौं, ७ भदौ । कृषिको व्यावसायिकता विकास एवं आधुनिकीकरणका लागि उपयुक्त रणनीति अभाव एवं भएकै नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालमा वर्षेनि करोडौं मूल्यको कृषि उपज आयात हुने गरेको छ । नेपालीको भान्छामा प्रयोग हुने जीरादेखि चामलसम्म र नूनदेखि खानेतेल समेतका लागि परनिर्भर हुनुपर्दा नेपालबाट अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । यसको एउटा उदाहरण हो, आलु । आलुखेतीका लागि नेपालमा प्रशस्त सम्भावना भए पनि वर्षेनि यसको आयात बढ्दै गएको सरकारी तथ्यांकहरूले देखाएका छन् ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ मात्र नेपालमा रू. ८ अर्ब २९ करोड बराबरको आलु आयात भएको छ । जब कि सन् २००८÷९ मा रू. ४३ करोडको मात्र आयात भएको तथ्यांक छ । यस आधारमा आलु आयातमा वार्षिक औसत वृद्धिदर ३६ प्रतिशत रहेको देखिन्छ ।
लकडाउन अवधिमा समेत आलुको आयातमा खासै कमी आएको छैन । लकडाउनको चार महिनामा नेपालमा मात्र नेपालमा रू. २ अर्ब २ करोडको आलु आयात भएको छ, जसमध्ये आर्थिक वर्षका अन्तिम महिना असारमा रू. ५४ करोड मूल्य बराबरको भित्रिएको छ । आलुको उत्पादन वृद्धिका लागि किसानलाई सुहिलयत, अनुदान, मलखाद एवं बजारीकरणले व्यवस्था गर्न नसके आगामी दिनमा आयात थप बढ्ने विज्ञहरूले औंल्याएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x