राष्ट्र बैंकले ४ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं, ७ भदौ । नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । मंगलबार जारी हुने यो ट्रेजरीका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ मंसिर ९ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्षको लागि जारी हुने २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल २०७८ भदौ ८ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *