Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौंमा आजबाट विहान ९ः१५ सम्म अत्यावश्यक सेवाका पसल खुल्ला रहने

काठमाडौंमा आजबाट विहान ९ः१५ सम्म अत्यावश्यक सेवाका पसल खुल्ला रहने

काठमाडौं, ८ भदौ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अति आवश्यक सेवाका लागि भन्दै पसल खोल्ने समय बढाएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै अति आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने पसल खोल्ने समय बढाएका हुन् ।

यसअघि प्रशासन कार्यालयले भदौ ३ गते राति १२ बजेदेखि १० गते राति १२ बजेसम्म निषेधाज्ञा गरेको थियो। यो अविधमा अत्यावश्यक सेवाका पसल बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुँदै आएका थिए। तर जिल्ला प्रसाशन कार्यालयले अत्यावश्यक सेवा, औषधि र पानी विक्रीवितरण गर्ने पसल जुनसुकै बेला खुला राख्न सकिने तथा खाद्यवस्तु र दुग्धजन्य पदार्थका पसल बिहान ९ः१५ सम्म सञ्चालन गर्न पाइने सूचनामा उल्लेख गरेको छ ।

अति आवश्यक पसल खोल्दा भौतिक दुरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र सरकारले लाग‍ू गरेका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x