Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

जटिल बन्दै कोभिड–१९, संक्रमणबाट निको हुने दर ५९ प्रतिशतमा झर्‍यो

जटिल बन्दै कोभिड–१९, संक्रमणबाट निको हुने दर ५९ प्रतिशतमा झर्‍यो

काठमाडौं, ८ भदौ । नेपालमा कोरोना संक्रमण थप जटिल बन्दै गएको छ । लकडाउन हटेको १ महिनामै यसको संक्रमण एवं मृत्युदर समेत बढ्दै गएको पाइएको छ । १ महीनाअघि निको हुने दर कुल ६९.३४ प्रतिशत रहेकोमा अहिले ५९ प्रतिशतमा झरेको छ ।
पछिल्लो हप्ता एकै दिन ११ जनासम्मको मृत्यु भएको छ भने एकै दिन १ हजारभन्दा बढी मानिसमा संक्रमण पाइएको छ । गत साउन ६ देखि भदौ ६ गतेसम्मको तथ्यांक हेर्ने हो भने अघिल्लो महिनाको तुलना यो महिना कुल संक्रमित ७२ प्रतिशत बढी देखिएको छ भने सक्रिय संक्रमितको १३० प्रतिशत बढेको छ ।
गत महिनाको सो अवधिमा कुल संक्रमित १७ हजार ९९४ जना रहेकोमा भदौको सोही अवधिमा बढेर ३१ हजार ११७ पुगेको छ भने आइतवारसम्ममा यो संख्या ३१ हजार ९३५ पुगेको छ । यस्तै सक्रिय संक्रमित पनि साउन ६ गते सम्ममा ५ हजार ४७७ रहेकोमा भदौको सोही अवधिमा १२ हजार ६२९ र आइतवारसम्ममा १३ हजार १५५ पुगेको छ ।
यसैगरी साउन ६ गतेसम्म कोरोनाबाट ४२ जनाको मृत्यु भएकोमा त्यसयताको १ महिनामै १०७ जनाको मृत्यु भइसकेको छ । आइतवारसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १४९ पुगिसकेको छ । सो अवधिमा काठमाडौं उपत्यकामा नगन्य संक्रमित देखिने गरेकोमा हाल दैनिक १५० देखि २०० को हाराहारीमा भेटिँदै आएका छन् ।
अहिले निषेधाज्ञा गरिए पनि सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरे अवस्था जटिल हुने औंल्याउँदै विज्ञहरूले सुरक्षा सतर्कता अपनाउन विशेष जोड दिएका छन् । यो समयमा सकेसम्म घरबाटै ननिस्कने र अत्यावश्यक कामका लागि निस्किएमा पनि भीडभाडमा नजाने, मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने र दुई मीटरभन्दा बढीको भौतिक दूरी कायम गर्ने गर्दा संक्रमणबाट जोगिन सकिने भन्दैस्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको पानना गर्न आग्रह गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x