Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सञ्चालन बन्द गरिएका चिनियाँ विमान व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

सञ्चालन बन्द गरिएका चिनियाँ विमान व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

काठमाडौं, ८ भदौ । करोडौं रुपैयाँ सञ्चालन घाटा बेहोरेपछि उडान बन्द गरिएका चिनियाँ विमान व्यवस्थापन प्रक्रिया अघि बढाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द गरिएका ६ ओटा चिनियाँ विमान व्यवस्थापनको सम्बन्धमा अर्थ मन्त्रालयसँग राय मागेको छ ।
गत साउनमा बसेको नेपाल वायुसेवा निगम सञ्चालक समितिको बैठकले चिनियाँ विमानबाट उडान गर्न नसकिने निर्णय गर्दै त्यसको व्यवस्थापनका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । सञ्चालक समितिले चिनियाँ विमानको बीमा रकम अन्य विमानको भन्दा ३५ प्रतिशतले बढी रहेको, पाइलटहरू उपलब्ध नहुँदा सञ्चालन महँगो परेकाले बन्द गर्नुपरेकोे निचोड निकालेको थियो । साथै समितिले यी विमानका पार्टपुर्जा समान क्षमताका अन्य विमानभन्दा झण्डै ७५ प्रतिशतले महँगो भएको, विमान ग्राउन्डेड भइसकेपछि पार्टपुर्जा अर्डर गर्दा अधिकतम समय लाग्ने गरेको लगायत कारणसहित सञ्चालन बन्द गर्ने निर्णय गरी मन्त्रालयलाई जानकारी गराएको थियो ।
उक्त विमान सञ्चालन बन्द गरिएपछि कारणसहितको निर्णय पर्यटन मन्त्रालयमा पठाएपछि यसबारे अर्थ मन्त्रालयबाट थप राय माग्न उक्त प्रस्ताव पेश गरिएको हो । पर्यटनमन्त्री योगेश भट्टराईले बन्द गर्ने निर्णय गरिएको चिनियाँ विमानको सम्बन्धमा सरकारले आवश्यक निर्णय गरेर निगमलाई व्यवस्थापनको जिम्मा दिने बताए ।
आन्तरिक उडानका लागि १८ सीटे चारवटा वाई–१२ र ५६–सीटे दुईवटा एमए–६० गरी ६ ओटा चिनियाँ विमान अनुदान तथा खरिदमार्फत ल्याएको थियो, जसमध्ये हाल एमए–६० र एउटा वाई १२ विमान मात्र सञ्चालनयोग्य रहेका छन् । चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१÷७२ देखि आर्थिक वर्ष २०७६÷७७ सम्म करीब २ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x