Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिडिएस एण्ड क्लियरिङको सिइओका लागि तीन जनाको नाम सिफारिस, सम्भवत: आज निर्णय हुने

सिडिएस एण्ड क्लियरिङको सिइओका लागि तीन जनाको नाम सिफारिस, सम्भवत: आज निर्णय हुने

काठमाडौं, ८ भदौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)का लागि अन्तिम तीन जनाको नाम सिफारिस भएको छ। सिडीएससी सञ्चालक समितिका अध्यक्ष चन्द्रशिंह साउदका अनुसार आइतबार छनोट समितिले कृष्ण गिरी, भीष्मराज चालिसे र पूर्णप्रसाद आचार्यको नाम सिफारिस गरेको हो।

‘आइतबार सिईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।’ साउदले भने, ‘सम्भव भएसम्म आज वा भोलीसम्ममा सञ्चालक समितिले तीन जनामध्येबाट एक जनालाई सिइओमा छनोट गर्नेछ।’

चालिसे मर्चेन्ट बैंकर एशोसियसनको पूर्व अध्यक्ष हुन भने आचार्य कृषि विकास बैंकको पूर्व कर्मचारी हुन् । गिरि भने समृद्धि क्यापिटल हुँदै अहिले प्रभु क्यापिटलमा कार्यरत छन्। सिडिएससीले असार १६ गते सिइओको लागि आवेदन माग गरेको थियो। उक्त पदमा सात जनाको आवेदन परेको थियो। पूर्व प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताको कार्यकाल गत असोज ९ मा सकिएपछि सिइओ चयन नहुन्जेलसम्मको लागि कायम मुकायम सिइओको काम कञ्चन सापकोटाले गर्दै आएकी छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उपप्रबन्धक निरन्जन फुयाँलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका तर्फबाट उपसचिव मुकुन्द पोखरेल, नेपाल धितोपत्र बोर्डबाट निर्देशक नारायणप्रसाद शर्मा, नेप्सेका गिरिराज दाहाल सदस्य छन् भने विज्ञ सदस्यका रूपमा मोहन ओझा छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x