Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

काम नभएपछि लगानीकर्ता शेयर कारोबारमा झुम्मिए, सोमबार परिसूचक २१.२६ अंकले बढ्दा २ अर्बमाथि कारोबार

काम नभएपछि लगानीकर्ता शेयर कारोबारमा झुम्मिए, सोमबार परिसूचक २१.२६ अंकले बढ्दा २ अर्बमाथि कारोबार

काठमाडौं, ८ भदौ । साताको दोस्रो कारोबार दिन सोमबार (आज) धितोपत्र बजारमा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज ४९ लाख २४ हजार २८९ कित्ता शेयर २ अर्ब १३ लाख ९२ हजार रुपैयाँमा खरिद विक्री भएको हो । यो शेयर कारोबार रकम गत फागुन २९ गते यताकै सर्वाधिक हो । गत फागुन २९ गते २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।

बढी शेयर खरिद विक्री हुनुमा लगानीकर्ताहरुको ध्यान अनलाइन कारोबारमा गएको बताइएको छ । अनलाइनबाट शेयर खरिद विक्री गर्नका लागि निषेधाज्ञाले लगानीकर्तालाई थप सहजता भएको स्टक ब्रोकर एशोसियसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले बताए । ‘काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञाले लगानीकर्तालाई फाइदा पुर्यायो ।’ उनले भने, ‘काम नभएपछि लगानीकर्ता स्टक मार्केट नै हेरेर बस्ने र सहज रुपमा अनलाइनबाट आफै शेयर खरिद विक्री गर्न थालेपछि कारोबारसँगै परिसूचकमा पनि वृद्धि भएको हो ।’ शेयर खरिद विक्री गर्नका लागि ब्रोकरलाई फोन गर्नै नपर्ने आफैले नै हेरोर शेयर खरिद विक्री गर्ने भएकाले पनि बजारमा लगानीकर्ताको आकर्षण बढेको उनको भनाई छ ।

आज १८२ कम्पनीको २७ हजार ५६६ पटक शेयर कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक पनि वृद्धि भएको छ । सोमबार परिसूचक २१.२६ अंक वृद्धि भई १४३१.६० विन्दुमा पुगेको छ ।

सर्वाधिक शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २० करोड २७ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । पुनर्बीमाको आज अन्तिम शेयर मूल्य ६२१ रुपैयाँ कायम भएको छ । सर्वाधिक शेयर खरिद विक्री हुने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ । यो बैंकको ११ करोडभन्दा बढीको शेयर खरिद विक्री भएको छ भने अन्तिम शेयर मूल्य २५० कायम भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये होटल समूहबाहेक सबै समूहको परिसूचक वृद्धि भएको छ । होटल समूहको परिसूचक ०.०९ प्रतिशत घटेको छ । त्यस्तै सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको २.३४ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x