Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

देवः विकास बैंकको हकप्रद शेयर निष्कासनको लागि बुक क्लोज

देवः विकास बैंकको हकप्रद शेयर निष्कासनको लागि बुक क्लोज

काठमाडौं, ३ फागुन । देवः विकास बैंकले हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता किताव बन्द गर्ने भएको छ । बैंकले फागुन १७ गते शेयरदर्ता किताव बन्द गर्ने सुचना जारी गरेको छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैंकले ६५ करोड ३३ लाख १० हजार ८५९ रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । फागुन १६ गतेसम्म बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले हकप्रद शेयरको लागि आवेदन दिन पाउने छन् । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x