महंगियो सुन, एक वर्ष यता कै महंगो

काठमाडौं, ३ फागुन । स्थानिय बजारमा सुनको मुल्य आज ५७ हजार नौ सय रुपैयाँ पुगेको छ । जुन एक वर्ष यता कै महंगो हो ।

हिजो बुधबारको तुलनामा स्थानिय बजारमा आज विहिबार सुन प्रति तोला पाँच सय रुपैयाँले महंगिएको हो । हिजो सुन प्रति तोला ५७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिले स्थानिय बजारमा समेत यसको प्रभाव परेको हो ।

यता सुन महंगिएसंगै उपभोक्ताहरुले सुन खरिदको मात्रालाई घटाएको व्यवसायीहरुले बताएका छन् । फागुन महिनामा विवाहको साइत ८ दिन रहेको छ । सोहि कारणले पनि सुनको माग यो महिना बढ्ने व्यवसायीहरुले अपेक्षा गरेका छन् । तर सुन महंगिएकोले सुन खरिदको मात्रामा भने कमी आउने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *