सिटिजन म्युचियल फण्डको बिक्री बन्द आज हुँदै
काठमाडौं, ३ फागुन । सिबिआईएल क्यापिटलले सिटिजन म्युचियल फण्ड १ नामक म्युचियल फण्डको बिक्री बन्द आज गर्ने भएको छ । क्यापिटलले माघ २ गतेबाट सो फण्डको बिक्री खुल्ला गरेको थियो ।
क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचियल फण्ड निष्कासन गर्नै भएको छ । जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंक इन्टरनेश्नल र सिविआईएल क्यापिटललाई छुट्टाइएको छ । यस सिविआईएल क्यापिटल सिटिजन्स बैंक इन्टरनेशलनको सहायक कम्पनीे हो । बाँकी रहेको ८ करोड ५० लाख इकाई मात्र सर्वसाधारणहरुका लागि छ्ट्टाइएको छ ।
यस म्युचियल फण्डका लागि न्युनतम एक सय इकाई र अधिकतम २० लाख इकाईसम्म आवेदन दिन पाउने जनाइएको छ । यो म्युचियल फण्ड ७ वर्षे बन्द मुखी योजना हो ।