कामना सेवाका ग्राहकलाई सूरिया हेल्थ केयरमा पिसीआर परिक्षण गर्दा छुट
काठमाडौं, १२ भदौ । कामना सेवा विकास बैंकका ग्राहकलाई सूरिया हेल्थ केयर प्रा.लि.मा पिसीआर परिक्षण गर्दा छुट हुने भएको छ । बैंकले विश्वव्यापी महामारका रुपमा फैलिएको कोरोनाको जोखिमलाई ध्यान दिँदै ग्राहकलाई थप सुविधा दिन सूरिया हेल्थ केयरसँग सम्झौता गरेको हो ।
उक्त सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा पिसीआर परिक्षण गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा कार्यालय र ६६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।