रिलायन्स लाइफको आईपीओ बाँडफाँड, नतिजा ४ घण्टापछि मेरो शेयरमा हेर्न सकिने
काठमाडौं, १२ भदौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार (आज) आईपीओ बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार नतिजा भने मेरो शेयरमा ४ घण्टापछि हेर्न सकिने छ ।
आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका थिए। त्यसमध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने बाँकी ५ लाख ८७ हजार ५०९ वटा आवेदन स्वीकृत भएका छन्।
कम्पनीले कुल ६३ करोड रुपैंया बराबरको ६३ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता शेयर छुट्याएर बाँकी रहेको ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
इन्स्योरेन्सको आईपीओमा ४.०४ गुणा बढी आवेदन परेको थियो।