Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

काठमाडौं–तराई द्रुतमार्गको वार्षिक कार्यप्रगति ४२.८ प्रतिशत

काठमाडौं–तराई द्रुतमार्गको वार्षिक कार्यप्रगति ४२.८ प्रतिशत

काठमाडौं, १२ भदौ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण अघि बढाइएको काठमाडौं–तराई (फाष्ट ट्र्याक) द्रुतमार्गको वार्षिक प्रगति लक्ष्यको आधाभन्दा कम भएको छ । रक्षा मन्त्रालय मातहत रहेको राष्ट्रिय गौरवको बहुप्रतीक्षित उक्त आयोजनाको वार्षिक कार्यप्रगति ४२.८ मात्र रहेको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा उक्त आयोजना अघि बढाउने सन्दर्भमा डीपीआर स्वीकृति र अन्तर्राष्ट्रिय परामर्शदाता छनोटमा भएको ढिलाइले लक्ष्य प्राप्ति कम देखिएको मन्त्रालयको भनाइ छ ।
लकडाउनका कारण आवश्यक उपकरणसहित प्राविधिक परिचालनमा भएको कठिनाइले समेत लक्ष्यअनुरूप प्रगति हासिल गर्न बाधा पुगेको हो । उक्त द्रतमार्गका लागि गत आर्थिक वर्षमा ४ अर्ब ४६ करोड १४ लाख बजेट विनियोजन भएको थियो ।
काठमाडौं–तराई–मधेश द्रुतमार्गको खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरणसम्बन्धी विवादको यथाशीघ्र समाधान र निर्माणस्थल आसपासका वन जंगल, खोलानाला, खानी, ऐलानी तथा सरकारी जग्गाबाट निर्माण सामग्री स्थानीय स्तरमा उत्खनन गरी सहज रूपमा प्रयोग गर्न स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेको मन्त्रालयले बताएको राससमा उल्लेख छ ।
गत आवमा सेनामार्फत मुलुकमा सञ्चालित पाँच आयोजनाको वार्षिक कार्य प्रगति भने ८० प्रतिशत रहेको छ । सेनाकै व्यवस्थापनमा निर्माणाधीन कालीगण्डकी करिडोरको वार्षिक लक्ष्यको कार्यप्रगति पनि शतप्रतिशत रहेको तथ्यांक छ । त्यस्तै कर्णाली कोरिडोरको ९३ प्रतिशत र बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको वार्षिक कार्यप्रगति लक्ष्यको शतप्रतिशत नै भएको पाइएको छ । दार्चुला–घाँटीबगर गोरेटो ट्र्याक निर्माण पनि उक्त आर्थिक वर्षमा लक्ष्यको ८० प्रतिशत काम पूरा भएको छ ।

ैं

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x