महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीलाई डाक्टर अन कलमा विशेष छुट

काठमाडौं, १८ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेडले डाक्टर अन कल प्रा. लि.सँग सम्झैता गरेको छ । बैंकले ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको हो ।
उक्त सम्झौतापत्रमा बैंक कुमारीपाटी शाखा प्रमुख अनिषसिंह सिजापती र कम्पनीका प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी र बैंकका संस्थापक÷सेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् । बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक÷सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत र डाईटिसियन सेवामा अधिकतम ३० प्रतिशत छुट पाउँने छ । त्यस्तै नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याव टेष्टमा अधिकतम २० प्रतिशत र इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत छुट पाउँने बताइएको छ ।
तर, डाक्टरसँग अनलाइन कनसल्ट, औषधि तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा भने निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले देशभर १०२ वटा शाखाहरुबाट सेवा दिँदै आएको छ ।