मुखको क्यान्सरले ग्रस्त दाहालको उपचारका लागि ‘दाहाल प्रतिष्ठान’ को ८५ हजार सहयोग

काठमाडौं, १८ भदौ । मकवानपुरको हेटौडा ६ का राजकुमार दाहालको उपचारका लागि ‘दाहाल प्रतिष्ठान’ले आर्थिक सहयोग गरेको छ । मुखको क्यान्सरले ग्रस्त दाहाललाई प्रतिष्ठानले ८५ हजार रुपैयाँ सहयोग गरेको छ ।
दाहाल प्रतिष्ठानको ‘कम अप विथ हन्ड्रेड’ अभियान तथा दाहाल बन्धुहरु मार्फत संकलन गरिएको उक्त रकम क्यान्सर पीडित दाहाललाई हस्तान्तरण गरिएको प्रतिष्ठानको बागमती प्रदेश सहसचिव हरिकृष्ण दाहालले जानकारी दिए ।
प्रतिष्ठानले ‘कम अप विथ हन्ड्रेड’ अभियानबाट २५ हजार, रामहरि दाहाल नालाबाट २५ हजार र योगेन्द्र दाहालबाट २५ हजार गरि ७५ हजार संकलन गरिएको थियो। प्रष्ठिानले यसअघि पनि नगद १० हजार रुपैयाँ सहयोग गरेको थियो । योसँगै प्रतिष्ठानले पीडित दाहाललाई ८५ हजार रुपैयाँ सहयोग गरेको छ ।