Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

उपभोक्ता बजारमा अनियमितता बढ्दो, १५ दिनमा ६८ फर्म कारबाहीमा

उपभोक्ता बजारमा अनियमितता बढ्दो, १५ दिनमा ६८ फर्म कारबाहीमा

काठमाडौं, १८ भदौ । पछिल्लो सयम उपभोक्ता बजारमा कालोबजारी, मूल्यमा अनियमिता, खाद्यवस्तुमा मिसावट लगायत कैफियत बढ्दै गएको पाइएको छ । चाडपर्व निजिकिँदै गरेको र हालको निषेधाज्ञाको मौका छोपेर व्यापारी व्यवसायीले अनुचित व्यापारिक क्रियाकलाप गर्न थालेको देखिएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभागले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनले पनि उपभोक्ता बजार अनियमिता बढेको देखाएको छ । विभागले भदौ १ देखि १५ गतेसम्म गरेको अनुगमनको क्रममा ६८ ओटा फर्म कारबाहीमा परेका छन् । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो अवधिमा २७३ ओटा फर्म अनुगमन गरिएकामा १४ ओटा फर्म सामान्य अवस्थाका रहेको र १५६ ओटा फर्ममा कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ ।
यसैगरी नौ ओटा फर्मबाट परीक्षणका लागि वस्तुको नमूना संकलन लिइएको, २३ ओटा फर्मलाई स्पष्टीकरण सोधिएको, १६ ओटा फर्मको कारोबार रोक्का तथा सिलबन्दी गरिएको र रू. १५ हजार ३५७ बराबरका म्याद सकिएका सामग्री नष्ट गरिएको छ ।
विभागका अनुसार बजार अनुगमनबाट कारबाहीबापत रू.४० लाख ३५ हजार राजस्व संकलन गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले बताएको छ । काठमाडौं उपत्यकामा गरिएको निषेधाज्ञा र चाडपर्व नजिकिँदै गर्दा कालोबजारीमा वृद्धि हुने भएकाले विभागका दैनिक छ ओटा टोलीले बजार अनुगमन गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x