नागरिक लगानी कोषले साढे ४ अर्ब रकम मुद्दति निक्षेपमा राख्ने

काठमाडौं, १८ भदौ । नागरिक लगानी कोषले साढे ४ अर्ब रुपैयाँ मुद्दति निक्षेपमा राख्ने भएको छ । कोषले ४ अर्ब ४५ करोड ५९ लाख ६० हजार रुपैयाँ निक्षेप राख्नका लागि बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । कोषले बैंकहरुसँग प्रस्ताव माग पनि गरेको छ ।
इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरुले आफूले लिन चाहेको रकम, भुक्तानी गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्नसक्ने समयावधी उल्लेख गरेर बैंकहरुलाई सिलबन्दी प्रस्ताव पेस गर्न कोषले आग्रह गरेको छ ।
उक्त रकम एक वर्षदेखि २ वर्षसम्म राख्न सकिने कोषले जनाएको छ । इच्छुक वाणिज्य बैंकले भदौ २१ गते दिउसो २ बजेसम्म प्रस्ताव बुझाइसक्नु पर्ने कोषको जारी सूचनामा उल्लेख छ ।