इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने

काठमाडौं, १८ भदौ । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने निर्णय गरेको छ ।
बैंकको हिजो बसेको संचालक समिति बैठकले सिटी एक्सप्रेस फाइनान्सको १०० कित्ता शेयर बराबर बैंकको ३० कित्ता शेयर प्रदान गर्ने गरि प्राप्तीको सहमति गरेको हो ।
हाल बैंकको चुक्तापूँजी १४ अर्ब २४ करोड रुपैयाँ छ । फाइनान्सलाई प्राप्ति पश्चात पूँजीको आकार बढेर १४ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ ।