Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

घट्यो अलैंचीको निर्यात, गत आवमा ४ अर्बमा सीमित

घट्यो अलैंचीको निर्यात, गत आवमा  ४ अर्बमा सीमित

काठमाडौं, १८ भदौ । नेपालको वैदेशिक व्यापारमा निर्यातको महत्वपूर्ण स्थान ओगट्ने अलैंचीको निकासीमा ह्रास आएको छ । सरकारले कृषिजन्य पदार्थको निकासी प्रवद्र्धनमा जोड दिए पनि यसको निर्यात भने घट्दो क्रममा देखिएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष (आव) २०७५÷७६ मा ५२ लाख ४० हजार ३२९ किलो अलैंची निर्यात भएकोमा गत आव २०७६÷७७ मा ५० लाख १२ हजार ६९४ किलोमात्र निर्यात भएको छ ।

मूल्यका हिसाबले अघिल्लो आवमा ५ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँको अलैंची निर्यात भएकामा गत आवमा घटेर ४ अर्ब १ करोड ९२ लाख १४ हजार रुपैयाँमा सीमित भएको तथ्यांकले देखाउँछ, जुन ६ दशमलव २ प्रतिशतको कमी हो ।

अलैंची उत्पादन, प्रवद्र्धन तथा विकासमा सरकारको कम प्राथमिकता परेकाले निर्यातमा ह्रास आएको व्यवसायीको भनाइ छ । यस्तै भारत निर्यात गर्दा भन्सार समायोजन नहुँदा पनि बढी शुल्क बुझाउनु तिनुपरेको उनीहरू बताउँछन् । भारतमा उत्पादन हुने अलैंचीमा भारतको सहयोग अत्यन्त बढी रहेको तर नेपालमा भने किसानको मात्र प्रयासमा अलैंची उत्पादन हुने गरेको छ ।

यसैबीच, अन्तरराष्ट्रिय बजारमा नेपाली अलैंचीको ‘ब्राण्ड’ चिनाउन सरकारले जारी गरेको ‘ट्रेडमार्क’ ४ वर्षपछि कार्यान्वयनमा आउन लागेको राससले उल्लेख गरेको छ । सरकारले २०७३ साल असार १९ गते जारी गरेको ट्रेडमार्क केही समयअघि मात्रै पाकिस्तानले स्वीकृत जनाएको हो भने अन्य देशमा प्रक्रियामा छ । अब नेपालबाट ट्रेडमार्कमार्फत पाकिस्तानमा अलैंची निकासी गर्न सकिने बताइएको छ ।

निजी क्षेत्रसँगको लामो छलफलपछि सरकारले ‘एभरेस्ट बिग कार्डिमम’ नामक ट्रेडमार्क जारी गरेको थियो । ट्रेडमार्क निर्माणका लागि अलैंची व्यवसायी संघले २०६७ सालदेखि गृहकार्य शुरू गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x