Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

खानेपानीको मुहानमा पुग्न धान मासेर बाटो

खानेपानीको मुहानमा पुग्न धान मासेर बाटो

काठमाडौं, १८ भदौ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ सापिङ्गमा खानेपानी आयोजनाको मुहानमा पुग्न स्थानीय गणेश बुढाथोकीले धान रोपेको खेतबाट बाटो निर्माण गर्न दिएका छन् । उनले भिमसेनथान खानेपानि आयोजनाको घट्टेखोला स्थित एक लाख लिटरको ट्याङ्की निर्माणका लागि आवश्यक सामाग्री ढुवानी गर्नका लागि धान रोपेको खेत मासेर बाटो निर्माण गर्न दिएका हुन् । बुढाथोकीले आफ्नो धान रोपेको खेत मासेर गाउँका १६५ घरधुरीलाई पानीको सुविधा दिन खोजेका छन् ।

आफ्नो केही विनास भएपनि सिँगो गाउँले नै पानीको हाहाकारीबाट उनमुक्ति पाउँने भएपछि आफूलाई खुसी लागेको बुढाथोकी बताउँछन् । खानेपानी मुहानसम्म जान अन्य ठाउँबाट सम्भव नभएपछि आफ्नो धान रोपेको खेत बिचबाट नै बाटो दिएका हुन् । आयोजना सम्पन्न गर्न यो भन्दा अरु विकल्प नभएको उनी बताउँछन् । ‘गाउँका दिदी बहिने पानी लिन टाढा टाढा जानुपर्ने बाध्यता चाँढै हट्छ भने बरु धानखेतबाट नै भएपनि बाटो खन्नु पर्छ र आयोजना सम्पन्न गर्नु पर्छ भनेर मैले आफूले सक्ने सहयोग गरेको हो । आयोजना सम्पन्न गर्नका लागि यो भन्दा अरु विकल्प थिएन् ’ उनले भने ।

त्यस्तै उक्त ट्याङ्की निर्माण गर्नका लागि स्थानीय टीका बहादुर जि.सी. र हरि बहादुर जि.सी.ले पनि करिब ३ रोपनी पाखो बारी दिएका छन् । उनीहरु पनि गाउँको विकासका लागि आफूहरुले सक्ने सहयोग गर्ने बताउँछन् ।

अहिले सापिङ्ग–१ उर्लेनी र मुलर्खकमा खानेपानीको चरम समस्या रहेकोले घट्टेखोलाबाट लिफ्ट गरि भिमसेनथानसम्म पुर्याई उर्लेनी मुलर्खकका १६५ घरधुरीलाई खानेपानीको सुविधा उपलब्ध गराउने उदेश्यका साथ बागमति प्रदेश सरकारको पहलमा आयोजना सुरु गरिएको हो ।

उक्त आयोजनाको लागत २ करोड ५० लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x