Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिश गर्ने नेकपाको निर्णय, खतिवडा विवादमा पर्न चाहेनन्

वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिश गर्ने नेकपाको निर्णय, खतिवडा विवादमा पर्न चाहेनन्

काठमाडौं, १८ भदौ । सत्तारुढ नेकपाको सचिवालयले यसका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । राष्ट्रपतिबाट नियुक्त भएका राष्ट्रिय सभाका एकजना सदस्य हालका अर्थ एवं सञ्चार र सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाको कार्यकाल फागुन २० मा समाप्त भएपछि उक्त पद रिक्त छ । प्रधानमन्त्री ओलीले उक्त पद रिक्त राखेरै खतिवडालाई त्यसपछिका ६ महिनाका लागि उनको पोर्टफोलियोमा निरन्तरता दिएका थिए । यसबीचमा वामदेव गौतमलाई प्रतिनिधि सभामा ल्याउन आश्वस्त गरेर उनी खतिवडालाइ नै राष्ट्रिय सभामा सिफारिश गर्ने पक्षमा थिए । खतिवडाको कार्यकाल फागुन २० मा समाप्त भएपछि नेकपा सचिवालयले राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय गरेको थियो । यद्यपि प्रम ओलीले त्यसलाई कार्यान्वयन नगरी थाती राखेको थिए ।
उनले खतिवडालाई नै निरन्तरता गर्नेगरी ६ महिनासम्म पार्टीको निर्णय कार्यान्वयन नगरी बसेका थिए ।

पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने पक्षमा सचिवालयमा बहुमत भएपछि प्रम ओलीको इच्छा अल्पमतमा परेको थियो । त्यसो त अर्थमन्त्री खतिवडाले बुधबार नै पार्टीका अध्यक्षद्वय ओली र प्रचण्डलाई भेटेर आफ्नो कारणले पार्टीमा विवाद नहोस् भन्ने चाहेको बताएका थिए । उनले आफू विवादमा पर्न नचाहेकोले पार्टी निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई पनि सुझाएका थिए । यसअघि स्थायी समितिको बैठकमा प्रम ओली अल्पमतमा पर्दा उपाध्यक्ष वामदेव गौतमले ओलीलाई साथ दिएका थिए । त्यसपछि वामदेव गौतमको भैसेपाटी स्थित निवासमा ओली र वामदेव गौतमको पारिवारिक भेटघाट समेत भएको थियो ।

प्रम ओलीले अर्थमन्त्रीमा खतिवडालाई निरन्तरता दिन वामदेव गौतमलाई प्रतिनिधिसभामा निर्वाचित गराउनेदेखि उनकी श्रीमति तुलसा थापालाई मन्त्री बनाउनेसम्मको विकल्प दिदाँ पनि गौतम राजी नभएको बताइन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x