Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

१ महिनामै ११३ प्रतिशतले बढे कोरोना संक्रमित, मृत्युदर पनि बढ्यो

१ महिनामै ११३ प्रतिशतले बढे कोरोना संक्रमित, मृत्युदर पनि बढ्यो

काठमाडौं, २० भदौ । पछिल्ला दिनहरूमा नेपालमा कोरोना संक्रमण तीव्ररूपमा बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विगत १ महिना अघिको तथ्यांक हेर्ने हो भने कुल संक्रमित दोब्बर भन्दा बढी पुगेका छन् । साउन १९ गते मुलुकमा कुल संक्रमितको संख्या २० हजार ७५० रहेकोमा भदौ १९ गते यो संख्या बढेर ४४ हजार २३६ पुगेको छ, जुन ११३ प्रतिशतभन्दा बढी हो ।
उक्त अवधिमा सक्रिय संक्रमितको संख्या पनि दोब्बरभन्दा धेरैले बढेको छ । साउन १९ गते कुल सक्रिय संक्रमितको संख्या ५ हजार ७८९ रहेकोमा १ महिनापछि भदौ १९ गते १८ हजार ७०४ जना रहेका छन्, जुन २२३ प्रतिशत बढी हो ।
मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर समेत बढेको छ । एक महिनाअघि साउन १९ गतेसम्म कोभिड–१९ बाट ५७ जनाको मृत्यु भएकोमा भदौ १९ गतेसम्ममा यो संख्या बढेर २७१ पुगेको छ । १ महिनाअघि कोरोनाबाट संक्रमितको मृत्युदर ०.२७ प्रतिशत रहेकोमा भदौ १९ गतेको तथ्यांक अनुसार यो ०.६१ रहेको छ ।
शुक्रवारको पछिल्लो तथ्यांक अनुसार होम आइसोलेशनमा ७ हजार ४६२ जना रहेका छन् भने संस्थागत आईसोलेशनमा १० हजार ९४२ जना रहेका छन् । अहिलेसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ४३ हजार ४९० पुगेको छ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x